Swornakshar Logo

कांग्रेस केन्द्रीय समितिमा १४औं महाधिवेशन कार्यतालिकाबारे छलफल शुरु

९ साउन । काठमाडौं । नेपाली काँग्रेसले पार्टीको आउदो १४औं महाधिवेशनबारे औंपचारिक छलफल शुरु गरेको छ ।

बार्षका कारण स्थगित केन्द्रीय कार्य समितिको बैठक बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु भएको हो ।

पार्टीको आउदो १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा केन्द्रीय कार्य समितिको बैठकमा औपचारिक छलफल सुरु गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशन कार्यतालिका सम्बन्धित प्रस्ताव बैठकमा छलफल उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्यलगायतले आ आफ्ना धारणा राखेका छन् ।

काँग्रेसको गत २२ जेठबाट सुरु भएको केन्द्रीय कार्य समिति बैठकले यस अघि नै पार्टीको नियमावली पारित गरिसकेको छ । बिहीबार सुरु भएको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्ययोजना तय गरी प्रक्रिया अघि बढाउने विषय प्रवेश गराइएको छ ।

१४ वटा एजेन्डा तय गरी जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए ।