Swornakshar Logo

घुससहित अख्तियारको नियन्त्रणमा गौशालाका दुई सई

९ साउन । काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षक सई राजु स्वर्णकार र द्वय रमेश बहादुर पाण्डे र घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग १८ हजार घुस लिदालिदै उनीहरुलाई पक्राउ गरेको हो ।

सार्वजनिक मुद्दा चाँडै मिलाएर पठाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

उनीहरु काठमाडौं महानगरपालिका ८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको टिकट काउन्टर अघिको मुख्य सडकबाटै पक्राउ परेको अख्तियारले जानकारी दिएको छ ।