Swornakshar Logo

२२ दिन पछि खाल्डोमा भेटियो बेपत्ता बालिकाको अस्थिपञ्जर, हत्या रहस्यमय

९ साउन । काठमाडौं । गत १८ असारदेखि हराइरहेकी बैतडीकी एक बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । ८ बर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

कलावती वेपत्ता हुनुअघि बुवासँग दशरथचन्द नगरपालिकामा बस्दै आएकी थिइन् ।

स्थानीय महिलाले बाख्रा चराउने क्रममा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । कलावती पढ्ने ईश्वर आधारभूत विद्यालय नजिकैको खोल्सामा कलावतीको शव भेटिएको प्रहरीले बताएको छ ।

बालिकाको अस्थीपञ्जर मात्रै फेला परेको प्रहरीले बताएको छ । बालिकाको मृत्यु कसरी भयो र कसले खाल्डोमा गाड्यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ । कलावतीका बुवा ५८ बर्षीय खडक सार्की मजदुरी गर्दै आएका छन् । खडकका अनुसार बालिका १८ असारमा विद्यालय गएपछि त्यहीबाट बेपत्ता भएकी थिइन ।