Bagmati Samachar Logo

विप्लव समुहका केन्द्रीय सदस्य श्रेष्ठ जेल चलान

८ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ प्रज्वलन भैरहवा जिल्ला कारागार चलान भएका छन् । अदालतले ४ हजार धरौटीमा छाड्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गर्ने भएपछि नेता श्रेष्ठले धरौटी नतिरी कारागार चलान भएका हुन् ।

नेता श्रेष्ठको अविलम्ब रिहाइको माग गर्दै रुपन्देहीमा सबै पक्षबाट दबाब दिईएको छ । श्रेष्ठ रुपन्देहीमा लोकप्रिय तथा ईमानदार नेताको रुपमा परिचित छन् ।