Swornakshar Logo

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच भयो दोहोरो भिडन्त, असई नविन विक्रम थापा घाइते

५ साउन । मकवानपुर । मकवानपुरको मनहरीमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको हो ।

सो क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । घाइते हुनेमा असइ नविन विक्रम थापा रहेका छन् ।

गाँजा तस्करका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । अन्य ५–६ जनाको समूह फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।