Swornakshar Logo

विप्लव नेकपाका उपत्यका – पश्चिम ताम्सालिङ इन्चार्ज माईला लामा पक्राउ

५ साउन । काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका व्यूरो इन्चार्ज माईला लामा प्रज्वलन पक्राउ परेका छन् । लामालाई गएराति काठमाडौं भक्तपुरको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । अपराध महाशाखाको टोलीले उनलाई विशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।

उनीसँगै एक अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन्।
काठमाडौंमा जेठ १२ गते भएको श्रंखलावद्ध बम विस्फोट लामाको योजनामा भएको प्रहरीको भनाई छ । उनी प्रहरीको व्यापक खोजीको सूचीमा थिए । उनी पक्राउपछि विप्लव नेतृत्वको नेकपालाई ठूलो क्षति भएको प्रहरीको बुझाइ छ ।

उनलाई अपराध महाशाखा टेकुमा राखिएको महाशाखा प्रमुख एसएसपी थापाले जानकारी दिए । लामाको पक्राउलाई प्रहरीले ठूलो सफलता भनेको छ ।
लामा काठमाडौं सितापाइलाका बासिन्दा हुन । उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उमेद्वार भएका थिए। तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । लामाले तत्कालिन माओवादीका लागि कर्या गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्ता जेलमा छन् ।