Bagmati Samachar Logo

‘विप्लवसँग एकता गर्छौं, हतियार उठाउँछौंः मोहन बैद्य

४ साउन । काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव बैद्यले यस्तो घोषणा गरेका हुन् । उनले एकताको लागि विप्लवसँग कुराकानी भैरहेको सुनाए । ‘प्हिला हामी गठबन्धन गछौं । त्यसपछि राजनीतिक मुद्दामा सहकार्य गर्छौं । अन्ततः हामी एकता गर्छौं।’

उनले विप्लवसँगको एकतासँगै अहिले कायम रहेको संसदीय व्यवस्थालाई ध्वस्त पार्ने पनि चेतावनी दिए । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असली कम्युनिष्ट नै नभएको पनि आरोप लगाए ।उनले भनेका छन्,‘उनीहरु असली कम्युनिष्ट नै होईनन् । कम्युनिष्टको नाममा बरु बदनाम बनाउने काम गरेका छन् । उनीहरुले देशलाई सही दिशामा अघि बढाउन सक्दैनन् ।’

मुलुकमा अझै जनवादी क्रान्तिको आवश्यकत्ता औंल्याउँदै त्यसको लागि आफूहरु तयारीमा जुटिसकेको पनि उनको भनाई छ । उनले भने,‘हामीले त यो कुरा पहिल्यैदेखि भन्दै आएका छौं । जनवादी क्रान्ति आजको अनिवार्य आवश्यकत्ता छ । समयले हामीलाई यो अभिभारा पूरा गर्न जिम्मा दिएको छ । हामी त्यो कुरा पूरा गरेरै छोड्छौं ।’