Swornakshar Logo

मकवानपुरका क्रसर उद्योग र वालुवा खानीहरु अनिश्चित कालका लागि बन्द गरिने

३० असार । हेटौंडा । मकवानपुरमा मापदण्ड बिपरित सञ्चालनमा रहेका क्रसर उद्योग र वालुवा खानीहरु अनिश्चित कालका लागि बन्द गरिने भएका छन् । आर्थिक वर्षको साउन १ गते देखि अनिश्चित कालका लागि क्रसर उद्योग र वालुवा खानी बन्द गरिने भएका छन् ।

आज मकवानपुर जिल्लाको ढुङ्गा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समितिको आज बसेको बैठकले बैठकले क्रसर र वालुवा खानी बन्द गर्ने निणय गरेको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले नियम बिपरित खोलामा उत्खनन् गर्ने मोतिदान कन्ट्रकसन प्रालिलाई ७३ लाख १३ हजार रुपैयाँ जरिवाना रकम उपलव्ध गराउनका लागि पत्र मार्फत ताकेता गर्ने निणय गरेको हो । जरिवाना रकम नतिरेमा कार्बाहीको प्रकृया अगाडी बढाइने जिससको तयारी छ ।

साउन १ गते देखि बन्द गरिएका क्रसर उद्योगहरु संघिय सरकार र प्रदेश सरकारको आवश्यक निर्देशन र ऐन कानुन पून व्यवस्थित भएर आएमा मात्र क्रसर उद्योग खोलीने समन्वय समितिका प्रमुख खुलालले जानकारी दिए ।

त्यसैगरी मकवानपुरको चुरे क्षेत्रमा आईई स्वीकृत भएपनि अर्को व्यावस्थानहुदा सम्म उत्खनन् र ठेक्का समेत नगर्ने बैठकले निर्णय गरेको छ । मकवापुरको राक्सीराङ गाउँपालिकाले चालु आर्थिक वर्षमा खोलाबाट उत्खन् गरेको परिणाम सहितको विवरण जिल्ला समन्वय समिति मकवापुरमा पेस गर्नुपर्ने निणय गरिएको उनले जानकारी दिए।

यसैगरी मकवापुरको मध्यवर्ती क्षेत्र भित्रका प्राकृतिक श्रोत उत्खनन् गर्नका लागि संघिय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निणय गरिएको उनले जानकारी दिए ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवापुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, हेटौंडा उपमहाँनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल, राजस्व राखाका प्रमुख गंगा चौलागाई, मकवानपुरका ससस्त्र प्रहरी प्रमुख, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख लगायतकाको सहभागिता रहेको थियो ।