तलव काटेर राज्यमन्त्रीले गरे बाढीपीडितलाई सहयोग
३० असार । रौतहट । प्रदेश २ का कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले रौतहटका वाढीपीडितलार्इ आफनो तलब भत्ताबाट २ लाख रुपैयाँबराबरको सहयोग गरेका छन् ।
रौतहटका माधबनारायण, गढीमाइ, यमुनामाइ नगरपालिका र दुर्गा भगवती गाउपालिकाका करिब ३ सय परिवारलाइ खाद्यन्न र बिभिन्न समान सहयोग गरेको मन्त्रीले बताए ।
मन्त्री यादबले बाढीबाट ज्यान गुमाएका दुर्गा भगबती गाउपालिका –४ का विरेन्द्र मिश्राको परिवारलाइ आफनो तलबबाट १२ हजार रुपैयाँसमेत सहयोग गरेको बताए ।
नेपाली कांग्रेसका सांसदहरुले समेत पाँच दिनको तलव वाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: