ताजा अपडेट
समाचार

कुलेखानीको क्षमता भन्दा बढी पानी भरिपछि ड्याम खोल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

कुलेखानीको क्षमता भन्दा बढी पानी भरिपछि ड्याम खोल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

३० असार । मकवानपुर । मकवानपुरको कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी भएको छ । ड्याममा खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ ।
केहि दिन यताको भारी बर्षाका कारण कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो ।

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाले आग्रह गरेका छन् ।

कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

सोमबार बिहान ८ बजेबाट कुलेखानी ड्यामभित्रको पानी ढोका खोलेर बाहिर छोडिने भएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला अधिकारी तामाङले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…