केन्द्रीय समितिमा सिटौलाको प्रस्तावः छलफल पछि गरौंला, अहिले राहत र उद्धारमा लागौं
२९ असार । काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अविरल वर्षापछि धनजनको धेरै क्षति भएकाले पार्टी केन्द्रीय कार्य समितिको चालु बैठक स्थगित गरेर राहतमा लाग्न प्रस्ताव गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सिटौलाले राष्ट्रमा विपत्ति पर्दा विपत्तिमा सघाउनको लागि सबै केन्द्रीय नेतादेखि कार्यकर्तासम्म घटनास्थलसम्म जानुपर्ने बताउँदै बैठक स्थगित गर्न माग गरेका हुन् ।
‘पार्टी नियमावलीको विषयमा छलफललाई स्थगित गरेर बाढीपीडितलाई उद्धार गर्न र सघाउनु नै हाम्रो पहिलो दायित्व हो’, नेता सिटौलाको भनार्इ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘छलफललाई यहीँ टुंग्याउन म सभापतिलाई आग्रह गर्छु, यो छलफल गर्ने समय होइन, पीडितको पीडामा सघाउने बेला हो ।’
आइतबार मात्रै युवा नेता गगनकुमार थापाले बाढीपीडितलाई सघाउन सरकारसँगै प्रतिपक्षी पनि साथमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत आव्हान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: