Swornakshar Logo

प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने

वीपदमा परी घाइते भएकालाई उपचार खर्च २५ हजार रुपैयाँ दिइने ।

२८ असार । हेटौंडा । बाढी र पहिरोका कारण मृत्यु भएका परिवारलाई प्रदेश ३ सरकारले राहत स्वरुप ३ लाख रकम दिने घोषणा गरेको छ । साथै घाइते परिवारलाई २५ हजार राहत रकम दिने घोषणा गरेको छ । प्रदेश ३ को विपद् व्यावस्थापन निर्देशक समितिको आजको वैठकले बाढी र पहिरोका कारण मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेको हो ।

प्रदेश ३ का १३ जिल्लामा बाढी पहिरोका कारण हाल सम्म ११ जनाको मृत्यु भइसकेको प्रहरी तथ्याङ्क छ । प्रदेश सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँका दरले दिने घोषणा गरेको हो । समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो । यसैगरी बाढी पहिरोमा परेर घाईते भएकाहरुका लागि प्रदेश ३ सरकार मातहत रहेका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यस भन्दा बाहेकका अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँ रम्म राहत रकम उपलब्ध गराइने मुख्य मन्त्री पौडेलले बताए । घाइतेहरुको उपचारमा बिलका आधारमा बढीमा २५ हजार रुपैयाँ सम्म उपलब्ध गराउने उनले बताए ।

प्रदेश सरकार मातहत ८ वटा अस्पताल रहेका छन् । ती अस्पतालमा उपचार गराउँदा घाइतेको उपचार खर्च सबै बेहोरीने र अन्य अस्पतालमा उपचार गराएमा २५ हजार रुपैंयाँ सम्म बेहोर्ने भएको हो । विपद् व्यावस्थापन निर्देशक समितिको बैठकमा सहभागि हुनुभएका प्रदेश ३ का आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले बाढी, पहिरोको पीडामा परेकाहरुलाई थोरै भनेपनि राहत उपलब्ध गराउने उदेस्यले यो रकमको घोषणा गरिएको बताए । बाढी र पहिरोको पीडा प्रदेश ३ का जिल्लाहरु मध्यमा मकवानपुरमा बढी भएको मन्त्री जमकट्टेलले बताउनुभयो । बैठकमा प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाको सहभागिता रहेको थियो ।