Bagmati Samachar Logo

बाढी तथा पहिरोबाट उपत्यकामा ८ जनाको मृत्यु देशभरको विवरण अपडेट

२८ असार । काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३१ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले शनिबार दिउँसो दिएको जानकारीअनुसार अन्य १२ जना घाइते भएका छन् । यस्तै १८ जना वेपत्ता हुँदा १३३ जनाको भने जिवितै उद्दार गरिएको छ ।

प्रहरीका अनुसार ललितपुरमा ५ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ३ जनाको ज्यान गएको छ ।

यस्तै धादिङ, मकवानपुर र सिन्धुलीमा २–२ जनाको मृत्यु हुँदा काभ्रे र खोटाङमा ३–३ जनाको ज्यान गएको छ । यस्तै भोजपुरमा ३ जनाको मृत्यु भएको छ ।

यस्तै गरि चितवन, रामेछाप, बारा, पर्सा, सुनसरी, ओखलढुंगा, झापा र इलाममा १–१ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट जनधनमा समेत ठुलो क्षति भएको छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका छन् ।

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित क्षत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधनको परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।