Swornakshar Logo

प्रदेश ३ मन्त्रिपरिषद बैठक, निजी कम्पनि नवीकरण गर्ने म्याद थप

२६ असार । हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठकले निजी कम्पनिहरुको नविकरण गर्न केही महिना थप गरेर गर्ने निणय गरेको छ । प्रदेश सरकारले आउँदो असोज महिना सम्मका लागि निजि कम्पनिहरुको नबिकरण गर्ने म्याद थप गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले निजी फमहरुको नबिकरण गर्ने म्याद थपिएको सरकारका प्रबक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए।