Swornakshar Logo

विषादीको परिक्षण नगरेको विरोध गर्दा नेविसंघ नेता पक्राउ

२६ असार । काठमाडौं । सरकारले गरेको भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय विरुद्ध आन्दोलन गर्ने नेपाल विद्यार्थी संघ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारको निर्णय विरुद्ध प्रदर्शन गरेको नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले बालाजुमा पक्राउ गरेको हो ।

‘विषादी परीक्षण नगर्ने सरकारको निर्णय विरुद्ध मसाल जुलुसपछि बालाजुमा कोणसभा गर्दै गर्दा हामीलाई प्रहरीले पक्राउ गरेको हो,’ नेविसंघ पूर्व केन्द्रीय सदस्य सुशील भट्टले बताए ।

प्रहरीले पक्राउ गरेका नेता तथा कार्यकर्ताले बालाजु प्रहरी बृत्तमा राखिएको छ । प्रहरीले संघका निवर्तमान केन्द्रीय सदस्य भट्टसहित बिद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरभ घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिपजङ साह, अमृत लामिछाने, उत्सव अवस्थी, अनिल महर्जन लगायतलाई पक्राउ गरेको नेविसंघले जानकारी दिएको छ ।