Swornakshar Logo

दूतावासको पत्रबारे माफी मागे प्रधानमन्त्रीले

२६ असार । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे आफूलाई नगराउने कर्मचारीमाथि कारवाही गर्ने बताए । प्रधानमन्त्री ओलीले क–कसलाई कारवाही गर्ने भन्ने नखुलाएपनि त्यसवारे आफूले सोधीखोजी गरिरहेको बताए ।

बिहीबार काठमाडौमा भएको ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले विषादी परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन, दिइएन ।’ प्रधानमन्त्री ओलीले थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको बताए ।
‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु’, प्रधानमन्त्री ओलीको भनाई छ ।

भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै ‘कहाँ छ पत्र ? कसले पठायो पत्र ? कसले पठ्यो पत्र’ भन्दै प्रतिवाद गरेका थिए प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासले परराष्ट्रमन्त्रालय हुँदै उक्त पत्र बाणिजय मन्त्रालयमा पठाएको थियो ।

‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, प्रधानमन्त्री ओलीको भनाई थियो, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्यो, त्यसप्रति क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफू विरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिवद्धता व्यक्त गरे । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीको दृढता छ ।

प्रधानमन्त्री ओलीले बुधबार आपूm सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफू विरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे । उनले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए । ‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले थपे, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु । ’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने–‘धन्य छ, मिसन पत्रकारिता ।’

यसैबीच सरकार संघीयताविरोधी भनेर भ्रम फैलाइएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । ‘हामी संघीयता कार्यान्वयनका सवालमा भ्रममा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुैपर्दैन,’ प्रधानमन्त्री ओलीको भनाई छ । त्यस्तै उनले प्रदेशहरुले केन्द्रले अधिकार दिएन भनेर गुनासो गरिरहेको बताउँदै भने, ‘प्रदेशले केन्द्रले अधिकार नै दिएन भनेको सुनिन्छ । प्रदेशले यो बुझ्नुपर्यो कि आफूभन्दा तल स्थानीय सरकार नै छैन भन्ने मनोवृत्ति देखिन्छ ।’

उनले संघीयता कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो भूमिका रहेको र निभाउनुपर्ने भन्दै त्यसैअनुसार अघि बढ्न निर्देशन दिए ।

आफ्नो १५, १६ महिनाको समयअवधिमा संरचना निर्माण र ऐन कानुन बनाउन नै बढी समय खर्चिनुपरेको भन्दै प्रधानमन्त्रीले अब बिस्तारै जनताले संघीयताको अनुभूति गर्नेगरी काम अघि बढ्ने विश्वास दिलाए ।