Swornakshar Logo

ओली प्रचण्डलाई बाबुरामको जवाफः दिपक मनाङेजस्ता बैद्धिक भएको पार्टीमा अरु बौद्धिक चाहिन्न

२० असार । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेकपा प्रवेश गर्न आह्वा्न गरेलगत्तै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्वयलाई व्यंग्यात्मक जबाफ फर्काएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपामा दीपक मनाङेजस्ता बौद्धिक व्यक्ति भएको भन्दै सो पार्टीमा आफ्नो जरुरत नभएको लेखेका छन् ।

भट्टराईले नेकपाका दुवै अध्यक्षले आफ्नो पार्टीमा आउन आह्वान गरेलगत्तै उनले ट्वीटरमा लेखेका छन्, ‘कमरेड दीपक मनाङेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र रु’

ओली र प्रचण्डले आज पार्टी कार्यालय धुम्बाराहीमा भट्टराईलाई नेकपामा आउन आह्वान गरेका थिए । प्रचण्डले आह्वान गर्दै भनेका थिए, ‘बाबुरामजीको बौद्धिकताको खाँचो यो देशलाई र कम्युनिस्टलाई छ, यही आएर मात्र उहाँको बौद्धिकता पूरा हुन्छ ।’