Swornakshar Logo

प्रहरी अप्रेसनले मकवानपुरका जनतामा डर आतंक फैलायोः विप्लव मकवानपुर

१७ असार । हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) मकवानपुरले प्रहरी अप्रेसनले मकवानपुरका जनतामा डर रआतंक फैलाएको जनाएको छ ।

मंगलबार विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले जारी गरेको प्रेस विज्ञप्तीमा प्रहरी अप्रेसनले मकवानपुरका जनतालाई डर आतंक फैलाएको जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ “दलाल सामाजिक फासिबादि सरकारले जनतामा अशान्त,डर,त्रास बनाउने उदेश्यले आज भोलि मकवानपुर जिल्लामा पनि विकट गाउँ बस्ती डाँडाबास,गोगने,आग्रा,भर्ता,कैलाश,खैरङ ठाउँहरुमा प्रहरी अप्रेसनले जनतामा डर आतंक फैलाएको छ । यो अभियान तुरुन्त फिर्ता गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन चाहन्छौ ।”