लागु औषध ल्याउँदै गर्दा पक्राउ परेका युवकको मृत्यु

८ असार । धनगढी । धनगढीमा मलद्धारमा लुकाएर लागु औषध ल्याउँदै गर्दा पक्राउ परेका युवकको मृत्यु भएको छ।
९ ग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ३७ वर्षीय सन्जय न्यौपानेको मृत्यु भएको हो। सो दिनदेखि नै उपचार भईरहेपनि शुक्रवार उपचारकै क्रममा सेती अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए। भारतबाट लाुऔषध खरिद गरी नेपाल तर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा त्रिनगर प्रहरी चेक पोस्टमा चेकजाँचको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्: