Swornakshar Logo

हेटौंडाबाट लागू औषध गाँजा सहित तीन जना पक्राउ

असार । हेटौंडा ५ ।मकवानपुर प्रहरीले लागू औषध गाँजा ३७ किलो सहित तीन जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ अन्तर्गत पर्ने पश्चिम सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको भारतिय बि आर ०१ सिएन ६९८६ नंबरको को कार लाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्ला पटेरवा गाउँपालिका वडा नंबर १ बस्ने ३२ वर्षिय साम महमद,भारतको बिहार बैसाली मोहनपुर बस्ने २४ वर्षिय मनिष कुमार र भारत को बिहार नोगवा बस्ने वर्ष ४५ की अन्नु देवी पासवान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।