Swornakshar Logo

जनकपुरमा एकाबिहानै ग्याँस सिलिण्डर विस्फोट, तीन होटल जलेर नष्ट

५ असार । जनकपुर । जनकपुरधामको कदम चोकको एक होटलमा आधा दर्जन भन्दा बढी ग्याँस सिलिण्डर विस्फोट भएका छन् । ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर खरानी बनेका छन् ।

आज बिहान करिब ३ बजे ग्याँस सिलिण्डर विस्फोट भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा–२ कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनालय होटल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।

होटलको भान्सामा राखिएका ग्याँस सिलिण्डर विस्फोट हुँदा आगलागी भएको हो ।

आगलगीबाट लाखौंको क्षति भएपनि एकिन तथ्यांक संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

होटल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाबिहानै लगातार रुपमा एकपछि अर्को गरी विस्फोटका ठूलो आवाज आएपछि स्थानीयको भागदौड मच्चिएको थियो ।