Swornakshar Logo

सञ्चारमाध्यमले सबैलाई ‘तिमी’ भनेर भाषा बिगारेः प्रधानमन्त्री ओली

३ असार । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको मर्मलाई बुझ्न नसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा टेलिभिजनले तपाईं भन्न भुलिसके, सबैलाई तिमी भन्छन् । सञ्चारमाध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, सबैलाई तिमी भन्छन् । यो त नेपाली भाषाको मर्मविपरीत भयो ।’