Swornakshar Logo

हेटौंडाबाट ५४ किलो गाँजा सहित २ जना पक्राउ

३१ जेठ । हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले ५४ किलो लागू औषध गाँजा सहित २ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका २ का रोहित श्रेष्ठ रहेको र भारत रक्सौलका संजय महतो रहेको प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलिले हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ स्थित पुर्व पश्चिम राजमार्गमा चेकजाँचको क्रममा हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३ ख ५३४० को ट्रकबाट ५४ किलो लागु औषध गाँजा फेला परेपछि चालक श्रेष्ठ र महतो लाई पक्राउ गरिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक श्रेष्ठ र महतो लाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।