पूर्व शिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

३१ जेठ । हेटौडा । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ ।
चितवनको माडीस्थित आफ्नै निवासमा रहेका पौडेलको हृदयघातका कारण निधन भएको बताइएको छ ।
सत्तारुढ नेकपाका केन्द्रीय सदस्य पौडेलका दुई छोरी छन् । उनकी श्रीमती गंगा बेल्बासे पनि राजनीतिमा सक्रिय छिन् ।
चितवन, बघौडा, नयाँ पिपरिया स्थायी घर भएका पौडेल दोश्रो संविधानसभामा समानुपातिक सांसद थिए । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री हुँदा शिक्षामन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्: