एक नम्बर प्रदेश सरकारद्वारा डेंगु संक्रमण नियन्त्रणको प्रयास सुरु

मोरङ । प्रदेशको तीन जिल्लामा डेंगु संक्रमण फैलिएपछि एक नम्बर प्रदेश सरकारले हप्ते कार्ययोजना बनाएर नियन्त्रण प्रयास शुरु गरेको छ ।
मुख्यमंत्री तथा मंत्रीपरिषद कार्यालय विराटनगरमा बसेको बैठकले डेंगु रोग नियन्त्रण बारे सचेतना जगाउने, औषधी छर्कने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कीले एक हप्ता भित्र डेंगु रोग नियन्त्रण गरिसक्ने गरी कार्ययोजना बनाइएको र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अभियान संचालनको दैनिक रिपोर्टिङ गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्: