Swornakshar Logo

आफ्नो निवास सरसफाइमा मन्त्रीहरू आफैँ जुटेपछि


२६ जेठ । काठमाडौँ । नेपाल स्वच्छ वातावरण महाअभियान अन्तर्गत नेपाल सरकारका मन्त्रीहरुले आइतबार मन्त्रीको सरकारी निवास पुल्चोकमा सरसफाई गरेका छन् ।

विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाइ गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्र सरसफाइ गरिएको हो ।

पुलचोकदेखि सुरु सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी भएका थिए।

विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत मन्त्री निवासमा सरसफाई कार्यक्रम गरिएको हो।

सरसफाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा।युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत सहभागी थिए।