Swornakshar Logo

माइतीघरमा प्रदर्शनकारीमाथी प्रहरीले बर्षायो पानीका फोहोरा

काठमाडौँ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपका क्रममा झडपमा हुँदा केही सामान्य घाइते भएका छन्।

प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरी हिरासतमा लिएको छ । प्रदर्शनमा उत्रिएकाले राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको विधेयकले परम्परादेखि चलिआएको गुठी परम्परा सकिने र गुठीको जग्गा पनि निजीकरण हुने बताएका छन्। उनीहरुमाथि प्रहरीले दमन गरेर माइतीघर मण्डलाबाट तितरबितर पारेको छ। विशेष गरेर नेवार समुदायमा गुठी परम्परा रहँदै आएको छ ।