Swornakshar Logo

छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्षको कैद सजाय

२३ जेठ । हेटौडा । आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवापुरले हेटौँडाका एकजनालाई १९ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलाशले हेटौंडा उपमहानगरपालिका १२ का ३७ वर्षीयलाई १९ बर्ष कैद गर्ने सजाय सुनाएको हो ।

यसैरी तीनले पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । १३ वर्षीया बालिकालाई बावुले पटक पटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो । पीडित बालिका र छिमेकीहरुले पुस २२ गते मुद्दा दायर गरेका थिए भने प्रहरीले पुस २३ गते बावुलाई पक्राउ गरेको थियो ।