Swornakshar Logo

समृद्धि मात्र समाजवाद होइनः केदार न्यौपाने

२२ जेठ । हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य केदार न्यौपानेले समृद्धिमात्र समाजवाद नहुने बताएका छन् । बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा न्यौपानेले सो कुरा बताएका हुन ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले समृद्धिमात्र समाजवाद होइन भन्दै पार्टीले जनतासँग घनिष्ट सम्बन्ध कायम गर्नुपर्ने बताए । पार्टी बलियो भएमात्र राष्ट्र र राष्ट्रियता बलियो हुनेमा जोड दिँदै नेता न्यौपानेले अनुशासित पार्टी भएमात्र समाजवादको लक्ष्य हासिल गर्नेमा जोड दिए ।
नेकपाका जिल्ला सदस्य लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले आर्थिक सामाजिक रुपान्तरबारे, कमान सिं पाख्रिन (पृथक)ले पार्टी निर्माण र पद्धतिबारे धारणा राखेका थिए । कार्यक्रममा राजाराम स्याङ्तान,वनस्तम थिङ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाबुलाल स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए ।