Swornakshar Logo

शक्तिशाली भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

जेठ २१ । काठमाण्डौ । जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै ज्योतिषु अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलाबेला विभिन्न विवादमा पर्दै आएका ुज्योतिषु क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरेको बोगटीले बताउनुभयो ।

ुज्योतिषु क्षेत्री पछिल्लो पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ुज्योतिषु क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रवक्ता बोगटीको भनाइ छ ।