Swornakshar Logo

संघीय सरकारको बजेटः केन्द्रलाई १२ खर्ब १९ अर्ब, प्रदेशलाई ९९ अर्ब


मन्त्रालयगत विवरणसहित

१६ जेठ । काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । यसमध्ये केन्द्र सरकारले १२ खर्ब १९ अर्ब ३० करोड १६ लाख रुपैयाँ बजेट खर्च गर्ने भनिएको छ ।

यस्तै, प्रदेश सरकारले ९९ अर्ब ८४ करोड ४४ लाख र स्थानीय तहले २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ बजेट खर्च गर्ने भनिएको छ । मन्त्रालयहरूमा राखिएकोमध्ये केही मन्त्रालयको बजेट मात्रै प्रदेश र स्थानीय तहसम्म बाँडफाँट हुनेछ । केही मन्त्रालयअन्तर्गतको बजेट भने केन्द्र सरकारले मात्रै खर्च गर्नेछ ।

आगामी आवमा यी मन्त्रालयअन्तर्गतको यति रकम मात्रै प्रदेश र स्थानीय तहमा जानेछ (रकम रु लाखमा)

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
जम्मा बजेटः ११७३५९
संघः १०६२७४
प्रदेशः ११०८५
स्थानीय तहः ०

ऊर्जा जलस्रोत तथा सिँचाइ
जम्मा बजेटः ५४७३२७
संघः ४६४८०३
प्रदेशः ७२४४८
स्थानीय तहः १००७६
कृषि तथा पशुपक्षी विकास
जम्मा बजेटः ३४८००५
संघः २८०९३४
प्रदेशः ५०५२५
स्थानीय तहः १६५१६

खानेपानी
जम्मा बजेटः २९२५७५
संघः २५३९८५
प्रदेशः ३८५९०
स्थानीय तहः ०

संस्कृति पर्यटन तथा नागरिक उड्डयन
जम्मा बजेटः ५९९५५
संघः ५२८२४
प्रदेशः ५१०६
स्थानीय तहः २०२५

वन तथा वातावरण
जम्मा बजेटः १५४८७९
संघः १३८३९३
प्रदेशः १२६३४
स्थानीय तहः ३८५२

भौतिक पूर्वाधार तथा यातायात
जम्मा बजेटः १६३५२२२
संघः १५६६३३२
प्रदेशः ६८८९०
स्थानीय तहः ०

महिला बालबालिका तथा ज्येष्ठ नागरिक
जम्मा बजेटः ७८०५
संघः ७७५५
प्रदेशः ५०
स्थानीय तहः ०

युवा तथा खेलकुद
जम्मा बजेटः ३९९०८
संघः ३४७५१
प्रदेशः ३६८४
स्थानीय तहः १४७३

सहरी विकास
जम्मा बजेटः ४०७२३५
संघः ३६४१७६
प्रदेशः ४३०५९
स्थानीय तहः ०

शिक्षा, विज्ञान तथा प्रविधि
जम्मा बजेटः १६३७५५९
संघः ६५२८१७
प्रदेशः ४२५३२
स्थानीय तहः ९४२२१०

संघीय मामिला तथा सामान्य प्रशासन
जम्मा बजेटः ४०९२१२
संघः ३१८२४२
प्रदेशः ४८०३९
स्थानीय तहः ४२९३१

स्वास्थ्य तथा जनसंख्या
जम्मा बजेटः ६८७७९१
संघः ४२६७०९
प्रदेशः ४८७८५
स्थानीय तहः २१२२९७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा
जम्मा बजेटः ७१४१४
संघः ६४०५२
प्रदेशः ३१
स्थानीय तहः ७३३१

प्रदेश ( वित्तीय समानीकरण अनुदान )
जम्मा बजेटः ५५२९८६
संघः ०
प्रदेशः ५५२९८६
स्थानीय तहः ०

स्थानीय तह (वित्तीय समानीकरण अनुदान)
जम्मा बजेटः ८९९४७०
संघः ०
प्रदेशः ०
स्थानीय तहः ८९९४७०

संघीय सरकारको कुल बजेटः १५३२९६७१
संघः १२१९३०१६
प्रदेशः ९९८४४४
स्थानीय तहः २१३८२११