Swornakshar Logo

हेटौंडामा बुद्धचोकमा बम भेटीयो


१३ जेठ । हेटौडा । प्रतिबन्धित नेकपा विप्लव समूहले सोमबार करिब १ बजे तिर हेटौडाको बुद्धचोकमा प्रेसर कुकर बम राखेको थियो । उक्त बम प्रहरी र नेपाली सेनाले बिहान ५ बजेतिर डिस्पोज गरिएको थियो ।

सेनाको टोलीले प्रेसरकुकर बम डिस्पोज गर्दा ठूलो आवाज आउँदा स्थानीय वासिन्दा तर्सिएका थिए । विप्लवको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ । बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरेको छ ।

प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेका हुन् ।

आगजनीका कारण गाडीका सबै भाग जलेको छ ।