Swornakshar Logo

राजधानीका विभिन्न स्थानमा बिष्फोट ,मृतकको संख्या ४ पुग्यो

१२ जेठ । काठमाडौ । राजधानीका विभिन्न स्थानमा आज आइतबार वम विस्फोट भएको छ । काठमाडौंको बलम्वुमा पनि विस्फोट भएको छ । नागढुंगा इटाभट्टानजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

उपत्यकामा यो सहित आज चौथो बिष्फोट हो । बिष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

वाइकमा आएका दुईजना व्यक्तिले चन्द्रागिरी नगरपालिका–३ मा रहेको आदि नारायण इटाभट्टा नजिक वम राखेर भोगको प्रहरीले जनाएको छ ।

वाइक रोकेर भाग्ने क्रममा विष्फोट हुदाँ भाग्दै गरेका दुवैजना घाइते भएको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ । पक्राउ परेका दुवैजना विप्लवका कार्यकर्ता भएको काठमाडौ प्रहरी परिसरका डिएसपी होविन्द्र वोगटीले जानकारी दिए ।
लगनखेल बसपार्कमा प्रेसर कुकर बम भेटियो
ललितपुरको लगनखेल वसपार्कमा प्रेसर कुकर बम भेटिएको छ । वसपार्कको फोहोरको थुप्रोमा सो बम फेला परेको प्रहरीले जनाएको छ ।

सो स्थानमा अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिए ।

उपत्यकाको सुकेधारा र अनामनगरमा भएको बिष्फोटमा ३ जनाले ज्यान गुमाएलगत्तै ललितपुरको लगनखेल बसपार्कमा पनि प्रेसर कुकर बम फेला परेको हो ।

प्रहरीका अनुसार नेत्र बिक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले नै सो बम राखेको हुनसक्छ ।

ग्वार्कोमा शंकास्पद बस्तु फेला, कुकर बमसहित ७ पक्राउ

प्रवक्ता सिंहका अनुसार प्रहरी थप अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ ।

ललितपुरको ग्वार्कोमा पनि शंकास्पद बस्तु फेला परेको छ । गुण सिनेमा हल नजिकै शंकास्पद बस्तु फेला परेको नरेफाँट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिष्फोटमा प्रयोग हुने ४ वटा कुकरसहित ७ जनालाई पक्राउ गरेको डिएसपी गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका सवै विप्लवका कार्यकर्ता भएको प्रहरीको दावी छ । उनीहरुको साथवाट राँको, पार्टीको पर्चासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।