Swornakshar Logo

अपडेटः विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो

१२ जेठ । काठमाडौं । काठमाडौंको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सुकेधारामा ग्याँस सिलिन्डर विस्फोट हुुँदा दुईजनाको र अनामनगरको विस्फोटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा ६ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।