Swornakshar Logo

अब हेटौँडाबाटै स्मार्ट लाईसेन्स पाईने

मिना श्रेष्ठ

८ जेठ । हेटौडा । प्रदेश ३ को राजधानी हेटौँडाबाट अब लाईसेन्स
वितरण हुने भएको छ । हेटौडाबाट नै नविकरण तथा दर्ता सुरु भएको छ । आज प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण शुभारम्भ गरेका हुन् ।

उनले प्रदेश ३ सरकारले यातायात क्षेत्रलाई महत्वको साथ लिएको भन्दै सेवालाई थप व्यवस्थित बनाईने बताए । उनले यातायातको क्षेत्रमा भएको विक्रितीलाई हटाउँदै यातायात क्षेत्रलाई मर्यादित बनाउनको लागि आफुहरु लागिपर्ने बताए ।