Swornakshar Logo

मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

५ जेठ । काठमाडौं । मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि अब हेलमेट लगाउनुपर्ने भएको छ । यो नियम सुरूमा काठमाडौं उपत्यकामा मात्रै लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले भने, ‘दुई पांग्रे सवारी साधन दुर्घटना हुँदा चालकभन्दा पछाडि बस्ने व्यक्तिलाई बढी क्षति हुने गरेको छ, उनीहरुको टाउकोमै बढी चोट पर्ने भएकाले सुरक्षाका लागि यो नियम लागू गर्ने निष्कर्षमा पुगेका हौं ।’

कहिलेदेखि लागू हुन्छ ?
महाशाखाले यो नियम लागू गर्नेअघि यातायात व्यवस्था ऐन संशोधन हुनु आवश्यक हुन्छ । यसका लागि यातायात व्यवस्था विभागलाई अनुरोध गरिएको पन्तले जानकारी दिए ।

यसअघि महाशाखाले २०६५ सालमा पनि मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई हेल्मेट लगाउनुपर्ने नियम लागू गरेको थियो । तर, त्यतिबेला ऐनको अभावमा यो नियम कार्यान्वयन हुन सकेन ।