ताजा अपडेट
अपराध

गोखामा पशुपन्छी पाल्न कडा प्रतिबन्ध, मासु खाए ५० हजार जरिवाना

गोखामा पशुपन्छी पाल्न कडा प्रतिबन्ध, मासु खाए ५० हजार जरिवाना
Butcher shops are busy preparing goat for the major Hindu festival of Dashain in Pokhara, Nepal.

गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिवाना तिर्नु पर्नेछ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिए १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । यदी पालेको, काटेको वा खाएको सुराक दिएमा मात्रै पनि १५ हजार इनाम दिईने पेमा डुन्डुप लामाले बताए।

जरिवानाबापत संकलन भएको रकम अहिंसा अभियानमै खर्च गरिनेछ । यो नियमको गाउँपालिकाभरि प्रशंसा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…