Swornakshar Logo

भतेर खाँदा १०५ भन्दा बढी बिरामी

जेठ ३ । तानसेन । पाल्पामा छिमेकीको भतेर खाँदा १०५ जनाभन्दा बढी बिरमी भएका छन् । छिमेकीको १३ औं दिनको पुण्‍यतिथिमा लगाइएको भतेरमा खाना खाँदा तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयहरु बिरामी परेका हुन् ।

त्याहाँ खाना खाएका उनीहरू बुधबारदेखि बिरामी परेका हुन् । आफुहरुलाइ भतेरमा बाँसी भात खुवाएको उनीहरुको आरोप छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार उनीहरुले दुई दिनअघिको बासी भात साथै मासु खाएका थिए । १०५ जना बिरामीमध्ये केहीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

बिरामी मध्ये दुईको अबस्था गम्भीर भएकाले उनीहरुलाइ आइसियुमा राखेर उपचार गरिँदै छ । अन्य बिरामीहरुलाई भने सामान्य उपचार पछि घर फर्काइएको छ ।