Swornakshar Logo

असुरक्षित गर्भपतनपछि १३ वर्षीया बालिका गम्भीर बिरामी

जेठ १। बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० की एकजना १३ वर्षीया बालिका असुरक्षित गर्भपतन गराएपछि गम्भीर बिरामी परेकी छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गस्तीकाक्रममा बालिका रोइरहेको भेटेपछि घटना सार्वजनिक भएको हो । असुरक्षित गर्भपतनपछि घरमै गम्भीर अवस्थामा रहेकी बालिकाका अभिभावकलाई सम्झाइबुझाई गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले बताउनुभयो ।

भेरी अञ्चल अस्पताल नेपालगञ्ज हुँदै हाल शिक्षण अस्पताल कोहलपुरको आईसीयूमा बालिकाको उपचार भैरहेको छ । प्रहरीले बालिकालाई एबी नेगेटिभ रगत आवश्यक परेको जनाएको छ । बालिकाको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएका कारण अन्य विषय अनुसन्धानकै क्रममा रहेको एसपी पौडेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत बालिकाको पेटमा रहेको गर्भलाई आफै गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव भएको हो । बालिकाले गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो ।