Swornakshar Logo

व्यक्तिको नाममा गरिएका सार्वजनिक जग्गा खोजी शुरू भयो

बैशाख २८। भक्तपुर । बालुवाटारको जग्गा भु–माफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएर देशब्पापी तरङ्ग फैलिएसँगै भक्तपुरमा पनि ब्यक्तिको नाममा नामसारी भएका सार्वजनिक जग्गाको खोजी गरी पुनः सार्वजनिक बनाउने पहल शुरु गरिएको छ ।

प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा भु–माफियाले अतिक्रमण गरेका जग्गाहरुको स्थलगत निरीक्षण गरिएको छ ।

निरीक्षणका क्रममा विभिन्न भु–माफियाहरुले भक्तपुरको मध्यपुर थिमी नगर पालिकाका चार स्थानमा करिव १ सय ६३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको प्रमाण भेटिएको छ ।जसमा कौशलटार सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरिएको तथ्य सार्वजनिक भएको छ ।