Swornakshar Logo

साढे दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

२४ बैशाख । धनुषा – धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो ।

सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो । बालक सोमबार दिउँसो घरबाट बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीसहित स्थानीयले खोजी गरिरहेका थिए ।

वैदेशिक रोजगारीमा गएका शम्भुको दुई छोरी र एक मात्र छोरा थिए । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले बालकको हत्या भएको बताउनुभयो । उहाँले बालकको अपहरणपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।