Swornakshar Logo

परीक्षा नियन्त्रक नियुक्तिमा वरिष्ठता मिचेको आरोप

२४ बैशाख । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले कक्षा १२ को परीक्षा सञ्चालनका लागि वरिष्ठता मिचेर कनिष्ठलाई परीक्षा नियन्त्रकमा नियुक्त गरेको छ ।
बोर्डको अध्यक्ष र सदस्य सचिवको मिलोमतोमा पदीय हिसाबले कनिष्ठ र १२ कक्षाको परीक्षा दिइरहेकी छात्राको बुबालाई नियन्त्रकमा नियुक्त गरेको हो ।

निजामती सेवा नियमविपरीत कृष्ण शर्मालाई परीक्षा नियन्त्रक बनाइएपछि चौतर्फी विरोध भयो । यसपछि शर्मालाई यथावत् नै राखेर अर्का कनिष्ठ कृष्ण घिमिरेलाई नियन्त्रक बनाइएको आरोप छ ।

वरीयताका आधारमा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल र सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच ६ जना कर्मचारी छन् । पौडेल र अर्यालबीचमा जंगबहादुर आचार्य, गोविन्दराज खनियाँ, डम्बरबहादुर बतास, सुष्मा आचार्य, भवराज कोइराला र वेदनाथ अधिकारी छन् ।

२०५३ सालमा शाखा अधिकृत भएका सिनियर कर्मचारीलाई छाडेर पौडेलले २०५३ सालमै नासु भएका कृष्ण शर्मालाई परीक्षा नियन्त्रक नियुक्त गरेका हुन् ।

शर्माकी छोरीले ललितपुरको प्रसादी कलेजबाट कक्षा १२ को परीक्षा दिँदै छिन् ।