Swornakshar Logo

पृथ्वीनारायण शाहले तरबारले ,हामी भावनाले एकता ग¥र्यो नेकपा निभ्न लागेको बत्तीः भट्राई

२३ बैशाख । काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी गठन नेपालको राष्ट्रिय एकता भावनात्मक रुपमा एकता भएको बताए । उनले भने पृथ्वीनारायण शाहले नेपालको एकिकरण तरबारले गरेका थिए हामीले यो पार्टी बनाएर भावनात्मक रुपमा राष्ट्रिय एकता गरेका छौ ।

आज काठमाडौंमा आयोजित पार्टी घोषणासभामा उनले एकल जातीय राष्ट्रवादविरुद्ध संघीय ढाँचाको राष्ट्रिय एकता भएको दाबी गरे । उनले भने, “इतिहासमा ठूलाठूला आन्दोलन गरेका क्रान्तिकारीहरूको एकता भएको छ । झापा विद्रोह, पञ्चायती कालखण्ड, कांग्रेस, माओवादी आन्दोलनका प्रगतिशील, क्रान्तिकारीहरूको एकता धेरै देखियो । दोकान थापेर थोत्रा माल बेच्न आएका होइनौँ हामी ।” नेकपालाई भट्टराईले निभ्ने बेलाको बत्तीको संज्ञा दिए ।