Swornakshar Logo

समाजवादी पार्टीको ४३१ सदस्यीय केन्द्रीय समिति,यस्तो छ सचिवालय

२३ बैशाख । काठमाडौं । समाजवादी पार्टी नेपालले ४ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा रहेको केन्द्रीय समितिको वरिष्ठ नेतामा अशोक राई छन् । पार्टीमा एक सहअध्यक्ष र ११ जना उपाध्यक्ष रहने घोषणा गरिएको छ ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाएको छ भने उपाध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेमजुङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत हुन । राउत २ नं. प्रदेशका मुख्य मन्त्री हुन ।

यस्तै, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङवा र रामसहाय यादवलाई महासचिवको जिम्मा दिएको छ । केन्द्रीय समितिको उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारी छन् । सचिवमा मो. इस्तियाक राई, दुर्गा सोव, परशुराम बस्नेत र प्रशान्त सिंह छन् । कोषाअध्यक्षमा विजयकुमार यादव छन् । विजय कुमार यादव पनि २ नं प्रदेशका अर्थमन्त्री हुन ।