ताजा अपडेट
राजनीति

समाजवादी पार्टीको ४३१ सदस्यीय केन्द्रीय समिति,यस्तो छ सचिवालय

समाजवादी पार्टीको ४३१ सदस्यीय केन्द्रीय समिति,यस्तो छ सचिवालय
Chairpersons of the unified party Baburam Bhattarai and Upendra Yadav along with other leaders raise their hands at the unification declaration programme, at Nepal Academy, Kamaladi, in Kathmandu, on Monday, May 6, 2019. Photo: RSS

२३ बैशाख । काठमाडौं । समाजवादी पार्टी नेपालले ४ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा रहेको केन्द्रीय समितिको वरिष्ठ नेतामा अशोक राई छन् । पार्टीमा एक सहअध्यक्ष र ११ जना उपाध्यक्ष रहने घोषणा गरिएको छ ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाएको छ भने उपाध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेमजुङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत हुन । राउत २ नं. प्रदेशका मुख्य मन्त्री हुन ।

यस्तै, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङवा र रामसहाय यादवलाई महासचिवको जिम्मा दिएको छ । केन्द्रीय समितिको उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारी छन् । सचिवमा मो. इस्तियाक राई, दुर्गा सोव, परशुराम बस्नेत र प्रशान्त सिंह छन् । कोषाअध्यक्षमा विजयकुमार यादव छन् । विजय कुमार यादव पनि २ नं प्रदेशका अर्थमन्त्री हुन ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…