Swornakshar Logo

रेल र पानी जहाजका मात्र होइन मानिसका पनि कुरा गरौःघनश्याम भुसाल

२२ वैशाख । काठमाडौं । नेकपाका नेता घनश्याम भुसालले रेल र पानी जहाजका मात्र होइन मानिसका पनि कुरा गर्नु पर्ने बताए । उनले भने सबै भन्दा पहिला मानिस हो ,मानिसका बारेमा कुरा गरौ । समाजवादमा मानिस कस्तो हुने भनेर बहस पहिला हुनु पर्ने बताए ।
पार्टी नेतामाथि गम्भीर आरोप लगाएका छन् । भुसालले बिहान तस्कर, दिउँसो दलाल र राति पुँजीपतिलाई तालिका मिलाएर भेट्ने गरेको बताए । कार्यकर्ताभन्दा दलाल, पुँजीपति र तस्करीलाई भेट्दा नेताहरु खुसी हुने गरेको भुसालले आरोप लगाए ।

कार्ल माक्र्सको २०१ शतवार्षिकीको अवसरमा आयोजित कार्यक्रममा भुसालले पार्टीभित्र चरम अराजकता मौलाएको भन्दै सबैको छानबिन हुनुपर्ने माग गरे । भुसालले पार्टी विधान नै संशोधन गरेर भए पनि नयाँ कम्युनिस्ट राम्रा कम्युनिस्ट बनाउनुपर्ने भन्दै अबको यात्रा समाजवादी व्यवस्था नै हुनुपर्ने बताए । ‘पानीजहाज र रेलका धेरै कुरा भए, मान्छेका दुःखका कुरा गरौं,’ भुसालले भने ।

आफू पानीजहाज र रेलको विरोधी नभएको तर आधारभूत वस्तुका लागि मानिस दुःखी हुँदा पानीजहाज कसका लागि हो भन्ने उनको प्रश्न थियो ।
त्यस्तै, सरकारले समृद्धिको नारा लगाए पनि त्यसका लागि कुनै कार्यक्रम नबनाएको भन्दै लोकमानसिंह कार्कीजस्तै फुत्त आउने हो कि भन्दै भुसालले व्यंग्य गरे । भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा नागपञ्चमीमा फोटो टाँसेर सर्पबाट बचे भने जस्तै भएको उनको भनाइ थियो ।