Swornakshar Logo

मनहरी दुर्घटना हुदा एकको मृत्यु, १० जना घाइते

२१ वैशाख । हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि घाइते भएका मध्य हेटौडा उपमहानगरपालिका ३ की २५ वर्षिय निर्मला राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए । दुर्घटनामा तीनजना गम्भिर घाईते भएकोमा राईको मृत्यु भएको हो भने अन्य २ जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताए ।

हेटौंडाबाट नारयाण्गढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दूर्घटना भएको हो ।

दुर्घटनमा घाईते हुनेहरुमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ का ३६ वर्षिया कृष्णमाया राई, सोहि स्थानका ५३ बर्षीय दिलमाया राई, २० वर्षिय शिला राई, मनहरी वडा नम्बर ६ का २६ वर्षिया कमला तामाङ, बर्ष २८ की धनमाया राई, बर्ष ५ का सनिल राई, हेटौडा उपमहानगरपालिका ८ कमाने निवासि १६ बर्षकी पुजा मुक्तान, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, कपिलबस्तु शिवराज नगरपालिका १ का १७ वर्षिय दिपक सुनार रहेको प्रहरीले जनाएको छ ।