Swornakshar Logo

भारत र चीनलाई रेलमार्गले जोड्ने काम दुई वर्षभित्र निर्माण कार्य सुरु हुने

२१ बैशाख । काठमाण्डौ । सरकारले रेल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । निर्माणाधीन अवस्थामा रहेका रेलमार्गलाई तीव्र गतिमा अगाडि बढाउने र निर्माण शुरु हुने तयारीमा रहेका योजनालाई सम्पन्न गर्ने योजनाका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

सरकारले केरुङ–काठमाण्डौ र काठमाण्डौ(रक्सौल रेलमार्ग निर्माणलाई प्राथमकितामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गर्नुभएको छिमेकी मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा समेत रेलमार्ग निर्माणको विषयले प्रमुख प्राथमिकता पाएको छ ।

एक क्षेत्र एक मार्ग परियोजनामा समेत केरुङ–काठमाण्डौ रेलमार्ग समावेश भएको छ । प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार हुने क्रममा रहेको छ ।

राष्ट्रपति भण्डारीले शुक्रबार सङ्घीय संसदान प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममा काठमाण्डौलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने योजना समावेश गरिएको छ । त्यसमा वीरगञ्ज–काठमाण्डौर रसुवागढी–काठमाण्डौ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिने विषय समावेश छ ।

यस्तै जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालन गर्ने विषय समावेश छ । बिजलपुरा–बर्दिवास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ ।