Swornakshar Logo

युवतीको विषयमा ‘ग्याङ फाइट’, एकको मृत्यु

२० वैशाख । काठमाडौं । जावलाखेलमा दुई समूहबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । युवतीको विषयलाई लिएर दुई समुहबीच भिडन्त हुदा ललितपुर प्रयागपोखरीका २० वर्षीय अन्सल शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । युवतीको विषयलाई लिएर दुई युवा समूहबीच भिडन्त भएको हो । घटनामा संलग्नको आरोपमा प्रहरीले सात जनालाई प्रक्राउ गरेको छ । घटनाका मुख्य दोषी कृष्ण तामाङलाई काठमाडौंको टेकूबाट प्रक्राउ गरिएको एसएसपी रविन्द्र धानुकले बताए ।