Swornakshar Logo

प्रदेश ३ राजधानी हेटौंडा, नाम बागमती

मिना श्रेष्ठ

२० वैशाख । हेटौडा । प्रदेश सभा गठन भएको डेढ बर्ष पुरा जति हुदा पनि राजधानी र प्रदेशको नामाकरण हुन सकेको थिएन । यसका कारण नै प्रदेश सरकारले विभिन्न खालका आरोप प्रत्यारोप खेप्दै आएको थियो । अब भने यो विषयलाई प्रदेश सरकारले टुङ्गोमा पु¥याउने विन्दुमा पुगेको छ।

सत्तारुढ दल नेकपाका कारण राजधानी र केन्द्रको विषयले सदनमा प्रवेश नै नपाएको आरोपप्रत्यारोप त्यहि दललाई लाग्दै आएको थियो । गत १७ चैत्रबाट सुरु भएको हिँउदे अभिवेशन अगावै यो विषय सहमतिको आधारमा टुङ्गी सक्ने बताउदै आएका मुख्यमन्त्री डोरमणी पौडेलले हिउदे अधिवेशनमा राजधानी र प्रदेशको नाम प्रवेश नै नगराइ सकियो ।

प्रदेश ३ मा स्पष्ट नेकपाका बहुमत सरकार छ । तर सत्तारुढ पार्टीका सांसदमा नै राजधानीको र नामका विषयमा विवाद हुदा अहिलेसम्म यो विषय थाति रहेको थियो ।
चौतर्फि दबावका कारण अब भने पार्टीभित्र प्रदेशको स्थायी राजधानी र नामाकरणको सवाल सत्तारुढ सांसहरु सहमतिमा पुगेको बुझिएको छ ।

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने विषयमा केन्द्रीय नेतृत्व सकरात्मक भएपछि राजधानीको बिषय टुङ्गीने लगभग पक्का भएको छ। अब अहिले सम्म अस्थायी राजधानी रहेको हेटौडा नै स्थायी राजधानी हुने भएको छ ।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातवटै प्रदेशमा अस्थायी राजधानी तोकेको थियो । प्रदेश नं ३को राजधानी हेटौडा तोकेको थियो । यससँगै प्रदेश सभाको निर्वाचनपछि यहिबाट प्रदेश सरकारको कामकारबाही अघि बढिरहेको छ । प्रदेश सभाको चौथो अधिवेशनसम्म आईपुग्दा स्थायी राजधानी नतोकिएको भन्दै सत्तारुढ दल र मुख्यमन्त्री पौडेलको आलोचना हुदै आएको थियो ।

डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् । हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष प्रचण्डले यो भन्दा पहिला नै सार्वजनिक कार्यक्रममा घोषणा गरेका थिए । अहिले पनि दुबै अध्यक्ष सहमत रहेको नेकपा प्रदेश सरकारका एक मन्त्रीले बताए ।

सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बचन दिएको बुझिएको छ।

राजधानीको विषय तत्काल नटुङग्याए आगामी ३० बैशाखदेखिको लागि आब्हान गरिएको प्रदेश सभाको चौथो तथा बजेट अधिवेशन चल्न नदिने तयारी प्रमुख प्रतिपक्ष दलले गरेको छ ।

‘हामीलाई हिउँदेको सुरुबाटै झुक्याउँदै आइएको छ, हिउँदे अधिवेशको सुरुको दिनमा पनि हामीले सदन चल्न नदिने तयारी गरेको पत्तो पाएपछि सरकारले ति विषयहरुले सदनमा प्रवेश दिने भन्दै थुमथुम्यायो, अन्ततः थाहै नदिई अधिवेशन सकेर मुख्यमन्त्री विदेश सवार भए ।’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानिँयाले भने ‘अब पनि हाम्रा आँखामा छारो हाल्नेबारे सोच नबनाएकै जात्ति हो ।’

गत १० बैशाखबाट हिउँदे अधिबेशनको अन्त्य गरेको प्रदेश सरकारले आगमी ३० बैशाखबाट बर्षे अधिबेशन तोकेको छ । बर्षे अधिबेशनमा प्रदेश राजधानी र नामाकरणको बिषय प्रदेशसभा मार्फत टुङ्गो लगाउने तयारी भएको छ । तर, सत्तापक्षकै सांसदहरुमा पनि अझै राजधानीको बिषयमा मतभेदे छ । नेकपा पार्टीको केन्द्रीय समितिले राजधानीको बिषयमा ठोस निर्णय नगर्दा राजधानी टुङ्गिनेमा अझैपनि शंका छ । यहि विषयमा नेकपाका सांसद रत्न ढकालले भने राजधानी त काभ्रे हुनु पर्छ । यदि नेताहरुले माथिबाट निर्णय लादे भने यो सरासर संविधान विरुद्ध हो । संविधानमा नै व्यवस्था गरेको छ कि प्रदेशको नाम र राजधानीको बारेमा प्रदेश सांसदहरु नै नै निर्णय गर्ने छन् । यदि नेतृत्वले माथिबाट यस्तो गर भनेर भन्छन् भने कसैले पनि मान्नेवाला छैनन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसले हिउँदे अधिवशनको पहिलो दिन यि दुई विषयले सदनमा प्रवेश नपाए, सदन चल्न नदिने तयारी गरेपछि तत्काल कार्य व्यवस्था समिति र मन्त्री परिसदको छुट्टाछुट्टै बैठक बसेर सदनमा प्रदेशको राजधानी र नामाकरणको विषय प्रवेश गराउने र सहमतिको आधारमा टुङ्ग्याउने भन्ने निर्णय भएको थियो ।