Swornakshar Logo

नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’, एक जनाको ज्यान गएको पुष्टि

वैशाख १९ । काठमाण्डौ – बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू ९एच फाइब एन वान० बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो ।

बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । घटनाको जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । मृतकको नाम भने खुलाइएको छैन । घटनापछि स्वास्थ्य सचिव डा। पुष्पा चौधरीले अप्रत्यासित घटना भएको बताउनुभएको छ ।